भारतमा बझाङकी एक महिलाको मृत्यु

Image
maya metro

बझाङ – भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ। खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका–१ सुनिकोट  भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो।

सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन्।

nisarga

घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको मृतकका देवर रमेश थापालाई उधृत गर्दै मष्टा–७ का नवराज बोहराले बताए।

अहिले आयुशको अवस्थामा सुधार आएको उनले बताए। मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए।