कैलालीमा विद्यार्थीहरुबीच सामूहिक झडप,८ जना पक्राउ

Image
सांकेतीक तस्विर

धनगढी – कैलालीमा विद्यार्थीहरुबीच सामूहिक झडप(ग्याङ फाइट) भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका १ गोप्काका विद्यार्थीहरूबिच सोमबार साँझ झडप भएको हो ।

पशुपति माध्यमिक विद्यालय गोप्काका विद्यार्थीहरू बिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरिएको छ । उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) कुलदीप चन्दले बताए

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।