धनगढी – धनगढीमा फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ ।
आयोजक सुदूर चौतारीले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो ।
प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी–प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताइएको छ ।
प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने र प्रेमपत्र इमेल वा ह्वाट्सएपमार्फत पठाउन भनिएको छ।
आयोजकले premchanad2075@gmail.com अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन सकिने जनाएको छ।
प्रतियोगितामा भाग लिनेहरुले माघ २९ गतेभित्र आयोजकलाई प्रेमपत्र पठाइसक्नुपर्ने छ ।
पठाइएका पत्रमध्ये उत्कृष्ट १० पत्र लेखकलाई प्रेमपत्र प्रतियोगिता २०८० को फाइनल कार्यक्रममा बाचन गर्न लगाइने छ ।
उत्कृष्ट १० मध्ये प्रथम, द्वितीय र तृतीय पत्रलाई नगद र उपहारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।