Attariya Hospital Pvt.Ltd.

गोदावरीका पाँच सार्वजनिक स्थानमा शुद्ध खानेपानीको व्यवस्था

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार सहित पाँच सार्वजनिक स्थानमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ । केदार ग्रुपसंगको समुन्वयमा नगरपालिकाले बजार सहितका पाँच स्थानमा तातो, सादा र चिसो शुद्ध खानेपानीको व्यवस्था गरेको हो ।

अत्तरिया बसपार्क, पूर्ब रोडको ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि, गोदावरी नगरपालिकाको कार्यालयमा, वडा नम्बर १ को कार्यालय परिसरमा र मालाखेती अस्पतालमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो ।

तराईका जिल्लामा गर्मी मौसममा असाध्यै गर्मी तथा हिउदको समयमा कठ्याङ्ग्रिने जाडोलाई मध्यनजर गर्दै बढी भिडभाड हुने सार्वजनिक स्थानमा शुद्ध खानेपानीको व्यवस्स्थापन गरेको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

Siddi ganesh

५ ओटै स्थानमा १५० लिटरको ट्याङ्की सहित शुद्ध खानेपानी व्यवस्थापन गरेको केदार ग्रुपले  बताएको छ ।

Nawadurga
Loading...