Attariya Hospital Pvt.Ltd.

गोदावरी- ३ को सरस्वती आधारभुत विद्यालयले मनायो ३६औँ वार्षिकोत्सब

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडाँमा रहेको सरस्वती आधारभुत विद्यालयले ३६औँ वार्षिकोत्सब मनाएको छ । बिद्यालयले हिजो (बुधबार) एक भव्य कार्यक्रमका बिच पहिलो पटक वार्षिकोत्सब मनाएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिशंकर जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थी प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा बिभिन्न विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक लगायतको उपस्थीती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न बिधामा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

Siddi ganesh

त्यस्तै विद्यालय सञ्चालनका लागि सहयोगी दाताहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक केशवराज ओझाले बर्षभरी गरिएका क्रियाकलापहरुको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विगतका बर्षहरुमा अव्यवस्थीत रहेको विद्यालय अहिले क्रमिक रुपमा सुधार हुदै आएको बताईएको छ ।

Nawadurga
Loading...