कञ्चनपुरका दुई पत्रकार प्रहरी नियन्त्रणमा

Image

कञ्चनपुर – कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट पत्रकार पुस्कर भट्टलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसै गरी शनिबार पत्रकार ऐश्वर्या कुवँरले फेसबुकमा स्टाटस लेख्दै प्रहरीले आफुलाई पक्राउ गरेको जनाएकी छन् ।

दुवै जना पत्रकार विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले बताए ।

प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार दुवैजनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।