अत्तरिया – नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिमको चौथो साधारणसभा सम्पन्न भएको छ । आज (शनीबार) सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालय अत्तरियामा चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट अवकाश प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मदन सिंह विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरिएको छ । समितिको उपाध्यक्षमा सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाद पान्डे तथा सशस्त्र प्रहरी निरीक्षक केशव नाथ चयन भएका छन् ।
त्यसैगरी सचिवमा प्रहरी नायव निरीक्षक गणेश बहादुर बलायर चयन भएका छन् भने सह सचिवमा सहायक प्रहरी वरिष्ठ हवल्दार दिपेन्द्र बहादुर खड्का चयन भएका छन् ।
समितिको कोषाध्यक्षमा प्रहरी नायव निरीक्षक रुपनारायण चौधरी तथा सहकोषाध्यक्षमा प्रहरी वरिष्ठ हवल्दार जय बहादुर चयन भएका छन् । सदस्यहरुमा सशस्त्र प्रहरी नायव निरीक्षक विर बहादुर पाल, प्रहरी वरिष्ठ हवल्दारहरु दिलिप बुचा मगर,जगदीश बोहरा तथा सहायक प्रहरी सहायक हवल्दार खेमराज जोशी चयन भएका छन् ।
त्यस्तै सल्लाहकार संयोजकमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हर्क बहादुर रावल चयन भएका छन् अशत्त राहत अक्षकोषको संयोजकमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदम सिंह ऐर तथा प्रदेश परिषद संयोजकमा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बहादुर शाह चयन भएका छन् ।