पहिले मायालाई मन…

Image
maya metro

पहिले मायालाई मन मुटुमा राख्ने गरौँ
मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ
तिमी ईश्वरको सुन्दर रचना हौ
यो मनबाट गरिने प्रशंसामा छौ

आफ्नै शब्दले हामीलाई बहकाउँछ
प्रेम ईश्वरको शक्ति हो,  थाहा छ
तिमी सम्झनाको शृङ्गारले सजिएको छौ
तिमि अलि म जस्तै देखिन्छौ

nisarga

यदि यो सही छ भने म ठिक हुनेछु
यदि केही गलत भयो भने, म सावधान हुनेछु
पहिले मायालाई मन मुटुमा राख्ने गरौँ
मन मुटुमा बसेको माया सजाएर राख्ने गरौँ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी