राष्ट्र जोगाउन सबै एकजुट र एक ढिक्का हुनुपर्छ
काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ
छ आँट हाम्रो जोस शिखर छोएर देखाउनु छ
निरन्तर पाइलाहरू अगाडी बढाउनु छ
यी हिमालहरूले धेरै कुरा बोल्न खोजेको जस्तो लाग्छ
यहाँको प्राकृतिक सुन्दरताले देशलाई चिनाएको छ
आपसी मनमुटाब त्यागेर एकताको माला बुन्नुपर्छ
यो देशबाट गरिबी हटाउन पहल गर्नु छ
देश विकास गर्न सधैँ लागिरहनुपर्छ
राष्ट्र जोगाउन सबै एकजुट र एक ढिक्का हुनुपर्छ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी