कैलालीमा बाल्टीकाे पानीमा डुबेर बालिकाकाे मृत्यु

Image

कैलाली – कैलालीमा बाल्टीमा भरेर राखिएको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-१ शान्तिनगरमा एक वर्षीया आरोही चौधरीको बाल्टीकाे पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

आराेही नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेकि थिइन् । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियाे तर उपचारकै क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।