अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत अत्तरियामा रहेको जे के सेकेन्डरी स्कुलले ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
आज स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बोगटीको सभापतित्व तथा ऐस्वर्य बहुमुखी क्याम्पस धनगढीका क्याम्पस प्रमुख धर्मवेव भट्टको प्रमुख आतिथ्यमा ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टले जे के सेकेन्डरी स्कुलले शैक्षीक क्षेत्रमा काँचुली फेरेको बताए । उनले विद्यार्थीलाई असल बनाउन अभिभावकको भूमिका पनि महत्वपुर्ण हुने बताए ।
विद्यालयले किताबी ज्ञान मात्रै प्रदान गर्नु भन्दा पनि व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
विभीन्न साँकृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विभीन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरुस्कृत तथा सम्मान गरिएको छ ।
कक्षा १२ सम्म पढाई हुने जे के सेन्डरी स्कुलमा करिब ६ सय विद्यार्थी अध्ययनरत छन् भने करिब २५ जना शिक्षक कार्यरत रहेका छन् । विद्यालयका शिक्षक नविन भट्टले सञ्चालन गरेको उत्त वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक,संघ सँस्थाका प्रतिनिधी, अभिभावक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।