अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको दुर्गाज्योती माध्यमिक विद्यालयको १७ औँ वार्षीकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालयको सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद जोशीको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशीको प्रमुख आतिथ्यमा विद्यालयले १७ औँ वार्षीकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेकोे हो ।
वार्षीकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा गत शैक्षीक सत्रमा प्रत्येक कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो भने विभीन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै उपकुलपति जोशीले ग्रामीण भेगमा संचालनमा आएर पनी यहाँका बालबालीकाको शैक्षीक स्तर सुधारमा यस विद्यालयले खेलेको भूमीका महत्वपुर्ण भएको बताए । दुर्गाज्योति मावि यस क्षेत्रको शैक्षीक सुधारकालागि प्रयासरत रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा सदस्य हरि चौधरीले शैक्षिक स्तर सुधारकालागि निजी विद्यालयहरुको भूमीका सह्राहनिय रहेको बताए । उनले वडाका तर्फबाट निजी विद्यालयलाई गर्न सकिने सहयोगकालागि समेत वडा तयार रहेको बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका पिन्सीपल तेजनाथ जोशीले नाफामुलक भन्दा पनि यस समूदायको आवश्यकता महसुस गरी स्याउलेमा निजी विद्यालय सञ्चालन गरेको बताए । ग्रामीण भेगमा निजी विद्यालय सञ्चालन गर्न थुप्रै कठीनाइहरु भएको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका सञ्चालक नारायण प्रसाद जोशीले विद्यालय अभिभावकको सुझाव सल्लाह बमोजिम अगाडि बढीरहेको बताए । उनले बालबालिकाको शैक्षिक स्तर सुधार गर्न अभिभावकको भूमीका महत्वपुर्ण हुने बताए । विद्यार्थीले उचित प्रतिफल हासिल गर्नकालागि शिक्षक र अभिाभावकको जिम्मेवारी पनि महत्वपुर्ण हुने उनको भनाई थियो ।
दुर्गाज्योती माविमा हाल करिब ७ सय ५० जना विद्यार्थी अध्यनरत छन् भने ४२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । वार्षीकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अभिभावक,विद्यार्थी,विभीन्न सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।