Attariya Hospital Pvt.Ltd.

जिल्ला सहकारी संघ कैलालीको अध्यक्षमा फणिराज सापकोटा विजयी

padma
milan sunchadi

अत्तरिया – जिल्ला सहरी संघ लिमिटेड, कैलालीको अध्यक्षमा फणिराज सापकोटा विजयी भएका छन्। धनगढीमा शनिवार भएको निर्वाचनमा सापकोटा विजयी भएका हुन्।

निर्वाचन संयोजक लोकबहादुर विष्टका अनुसार सापकोटाले १६९ मत ल्याएका छन्। अध्यक्षका प्रत्याशी कृष्णराज पाण्डेले १५९ मत पाए। उपाध्यक्षमा दिप्ती शाही विजयी भएका छन्। उनको १९० मत छ। उपाध्यक्षका अर्का उम्मेदवार भूपेन्द्र थापा क्षेत्रीले १३१ मत पाएका छन्।

सहकारी संघ कैलालीको सचिवमा जयप्रकाश न्यौपाने विजयी भएका छन्। न्यौपानेले १७३ मत ल्याएका छन्। सचिव पदका प्रत्याशी रामेश्वर प्रसाद रेग्मीले १३८ मत पाएका छन्। सह–सचिवमा विश्वनाथ प्रसाद चौधरी विजयी भएका छन्। चौधरीले १५९ मत पाएका हुन्। उनका प्रतिस्पर्धी देवानन्द जैशी बजगाईले १५२ मत पाएका छन्।

Siddi ganesh

कोषाध्यक्षमा गीतादेवि चौधरी विजयी भएकी छन्। उनी १५९ मतसहित विजयी भएकी हुन। अर्का कोषाध्यक्ष पदका प्रत्याशी दुर्गा प्रसाद भण्डारीले १५३ मत पाएका छन्। राष्ट्रिय प्रतिनिधिमा शिवा थापा विजयी भएका छन्। थापाले १९६ मत ल्याएका हुन भने उनका प्रतिस्पर्धी यज्ञराज उपाध्यायले १०९ मत ल्याएका छन्।

सदस्यहरूमा डण्डीराज सुवेदी, मायाकुमारी चौधरी, भक्तबहादुर विश्वकर्म, सुरेन्द्रबहादुर बडुवाल, मोहनमति चौधरी, पूर्णबहादुर विष्ट, इच्छाकुमारी चौधरी र माघुलाल डगौरा थारू विजयी भएका छन्। यस्तै, लेखा संयोजकमा मनमोहन विष्ट, लेखा सदस्यमा सर्मिला कुमारी चौधरी र बृद्धि प्रसाद खनाल विजयी भएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.