सुदूरपश्चिम प्रादेशिक महोत्सवको सार्वजनिक सुनवाइमा ढिलाइ

Image

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले पुष २६ गतेदेखी माघ ७ गतेसम्म आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको सार्वजनिक सुनवाइमा ढिलाइ भएको छ । संघले टिकट बिकी्रको पुर्ण हिसाब नपाउँदा सार्वजनिक सुनवाइमा ढिलाइ भएको हो । संघका महासचिव शंकर खड्काले महोत्सवमा भएको टिकट बिक्रीको सम्पुर्ण हिसाव नपाउँदा सार्वजनिक सुनवाइमा ढिलाइ भएको बताए ।

यो पनि: नक्कली टिकट प्रकरण : छानबिन गरिदिन जिप्रकालाई संघको आग्रह

“बाँकी सबै आय—व्यय कार्यालयले तयार पारीसकेको छ उनले भने महोत्सवमा प्रयोग भएका केहि टिकट ठेलीको हिसाब बुझेका छैनौ त्यसैले ढिला भएको छ,दुईतीन दिनभित्र सार्वजनिक सुनुवाइ गछौँ ।” अध्यक्ष सम्पर्कमा नआएपनि वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा सार्वजनिक सुनुवाइ गर्ने आफुहरुको तयारी रहेको उनले बताएका छन् । महोत्सवमा टिकट बिक्रीको जिम्मा पाएका संघका सचिव दिपीन साउँदले महोत्सवको समापन लगत्तै नक्कली टिकटको कानुनी प्रक्रियामा जानुपर्दा केहि टिकट ठेलीको हिसाब बुझाउन बाँकी रहेको बताए ।

यो पनि: नक्कली टिकट प्रकरण : दुईजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता

महोत्सवमा २ हजार २ सय थान टिकट ठेली छापीएकोमा १ हजार १२५ थान टिकट ठेली काटिएका थिए भने १ हजार ७५ थान टिकट ठेली बाँकी रहेका थिए । संघका महासचिव खड्काले ५६ थान टिकट ठेली रु १०० को र १ थान ठेली रु ५० को गरी ५७ ठेलीको हिसाब आफुले नपाएको बताएका छन् । सो हिसाब पाए लगत्तै सार्वजनिक सुनुवाइ गर्ने उनले बताएका छन् ।

यो पनि: नक्कली टिकट प्रकरण : हिरासतमा रहेका चारैजना रिहा,दुई अध्यक्ष अझै सम्पर्कबिहिन