Attariya Hospital Pvt.Ltd.

गोदावरीका कृष्ण आर्थीक अभावका कारण उपचारबाट वञ्चित,सहयोग गरिदिन अपिल

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ भ्यागुतेपानीका कृष्ण धामी आर्थीक अभावका कारण उपचारबाट वञ्चित भएका छन् । २१ वर्षीय धामी ५ वर्षदेखी नसा सम्बन्धी रोगसंग लडिरहेका छन् ।

वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना माविमा कक्षा ९ मा पढ्दै गर्दा शरिर काम्ने समस्याले थलीएका उनले आर्थीक अभावकै कारण उपचार गराउन नसकेका हुन् । चिकित्सकका अनुसार उनलाई नसा सम्बन्धी रोग रहेको छ । कृष्णका बुवा लाल बहादुर धामी दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

दैनिक ज्याला मजदुरी गरेको रकमले छाक टार्न समेत मुस्कील हुने गरेकोले छोराको उपचार गराउन नसकेको उनले बताएका छन् । बाहिर भित्र समेत जान नसक्ने भएकोले छोराको स्याहारमा सम्पुर्ण समय खर्चिनु पर्दा मजदुरीमा जान समेत गाह्रो हुन थालेको उनले बताए ।

कृष्णलाई एकपटक उपचारकालागि काठमाडौं स्थीत विर अस्पताल लगेपनि आर्थीक अभावका कारण एक महिना राखेर घर फर्कनु परेको उनले बताएका छन् । कृष्ण लाल बहादुरका एक्ला सन्तान हुन् । सोहि रोगका कारण केहि वर्षअघि छोरी पनि गुमाएका उनी हाल मानसिक रुपमा पनि विक्षीप्त बनेका छन् ।

लाल बहादुरले आफ्नो छोराको उपचारमा सक्दो सहयोग गरिदिन अपिल गरेका छन् । नबिल बैंकमा रहेको लाल बहादुर धामीको खाता नम्बर १४४०५०८००३१० मा सक्दो सहयोग जम्मा गरिदिन उनले आग्रह गरेका छन् ।

अत्तरियाका युवाहरु राम सापकोटा,दिपक ओझा लगायतले “कृष्ण धामी बचाउ अभियान” सुरु गरेका छन् । उनीहरुले उत्त अभियानमा सक्दो सहयोग गरिदिन सबै क्षेत्रका व्यत्तिहरुलाई आग्रह गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.