पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा डोटीमा सुरु

Image

अत्तरिया – पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा डोटीको दिपायलमा आज (मंगलबार )बाट सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकार महासंघ डोटी शाखासंगको समन्वय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेश,डोटीको सिलगढी नगरपालिका र शिखर नगरपालिकाको सहयोगमा सभाको आयोजना गरेको हो ।

भोलि (बुधबार )सम्म चल्ने उक्त सभाले पत्रकार महिलाका पेशागत समस्या तथा समाधानका उपायका विषयमा छलफल गर्नेछ । सभामा प्रदेशका नौ ओटै जिल्लाका ४० भन्दा बढी पत्रकार महिलाको सहभागीता रहेको छ ।