नवनियुक्त तीन मन्त्रीले लिए शपथ

Image
maya metro

काठमाडौं – नयाँ गठबन्धन निर्माण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ जना मन्त्री नियुक्त गरेका छन्।

नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल नियुक्त गरेका हुन्।

nisarga

नवनियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

उनीहरुको जिम्मेवारी अहिले तोकिएको छैन।