समैजी माविमा २७ गते रत्तदानको आयोजना गरिने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपलिका वडा नम्बर ८ स्थीत मजगाँउमा रहेको समैजी माध्यमिक विद्यालयमा रत्तदानको आयोजना गरिने भएको छ ।

विद्यालयले ४२ औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा फाल्गुन २७ गते रत्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

विद्यालयकी प्रधानाध्यापक कुन्ती ओलीले रत्तदान जीवनदान भन्ने उदेश्यले रत्तदान गरि रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरिने बताईन् । रगत नै नपाएर ज्यान गुमाउने अवस्था न्युनीकरणकालागि उत्त कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताईन् ।

रत्तदान कार्यक्रमले समाजमा नयाँ सन्देश पनि प्रदान गर्ने भएकोले विद्यालयले उत्त कार्यक्रमको आयोजना गर्न लागेको उनले बताईन् ।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले विद्यालयले आयोजना गर्न लागेको रत्तदान कार्यक्रममा आफुहरुले सहयोग गर्ने बताए ।

रत्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको भन्दै देउवाले रत्तदानमा सरिक भईदिन सम्बन्धीत सबैलाई आग्रह गरेका छन् ।

रत्तदान कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिले पनि सहकार्य गरेको छ ।

समैजी माध्यमिक विद्यालयले फाल्गुन २७ गते आफ्नो ४२ औँ वार्षिकोत्सव मनाउँदै छ ।