कस्तो रहला आजको मौसम?

Image
maya metro

काठमाडौं – देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

nisarga

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।