अत्तरिया – कैलालीको गोदावरी नगरपािलका वडा नम्बर २ तेघरीमा रहेको जनकल्याण एकेडेमीले भोली ( सोमबार ) २५ औँ रजत जयन्ती,वार्षिकोत्सव तथा अभिभावक दिवश मनाउने भएको छ । जनकल्याण एकेडेमीले आज रजत जयन्ती,वार्षिकोत्सव तथा अभिभावक दिवश बारे पत्रकारहरुलाई जानकारी गराएको हो ।
प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा आयोजना विद्यालयले रजत जयन्ती मनाउन लागेको हो । रजत जयन्तीका अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गर्न लागेको प्रिन्सीपल यज्ञ बहादुर हमालले जानकारी दिए ।
रजत जयन्तीकै अवसरमा अत्तरिया क्षेत्रका विभीन्न व्यत्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उनले बताए । शिक्षा,स्वास्थ्य,सामाजिक क्षेत्रमा लामो समयदेखी काम गर्दै आएका व्यत्तित्वहरुलाई सम्मान गर्न लागिएको हो ।
त्यस्तै प्रत्येक कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि विद्यालयले पुरुस्कृत गर्ने जनाईएको छ । कार्यक्रममा अत्तरिया तथा धनगढीका शैक्षीक अगुवा तथा विभीन्न संघ सँस्थाका व्यत्तिहरुको पनि उपस्थीती रहनेछ ।
जनकल्याण एकेडेमी२०५४ सालमा स्थापना भएको भएपनि एक वर्ष कोरोना भाईरसका कारण औपचारिक कार्यक्रम गर्न नपाएकोले २५ औँ रजत जयन्ती नै मनाउन लागिएको विद्यालयका सँस्थापक प्रिन्सीपल हमालले जानकारी दिए ।
जनकल्याण म्यागाजिन विमोचन गर्ने
रजत जयन्तीका अवसरमा विद्यालयले जनकल्याण म्यागाजिन पनि विमोचन गर्ने भएको छ । म्यागाजिन विद्यालयको ईतिहासमै केन्द्रीत भएको हमालले बताए ।
म्यागाजिनमा विद्यालयको ईतिहास, शैक्षीक विवरण,विद्यार्थी तथा शिक्षा क्षेत्रका अग्रज व्यत्तिहरुका लेख रचनाहरु समावेश गरिएको हमालको भनाई छ । २०५४ सालमा स्थापना भएको जनकल्याण एकेडेमीमा पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् भने २४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
त्यस्तै गोदावरी ४ को बास्कोटामा न्यु जनकल्याण एकेडेमी पनि सञ्चालनमा रहेको छ । जस्मा दुई सय पचास जना विद्यार्थी अध्ययनरत रहेका छन् भने १४ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।
त्यस्तै हमालले गरिब तथा जेहेन्दार विद्यार्थी अत्तरिया क्षेत्रका मिडियाले सिफारिस गरेमा आफ्नो विद्यालयले निशुल्क पढाईको व्यवस्था गर्ने घोषणा गरेका छन् ।