अत्तरिया – कैलालीको गोदावरी नगरपलिका वडा नम्बर ८ स्थीत मजगाँउमा रहेको समैजी माध्यमिक विद्यालयले भोली ( सोमबार ) ४२ औँ वार्षिकोत्सव मनाउँदै छ । विद्यालयले ४२ औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा रत्तदान कार्यक्रमको पनि आयोजना गर्ने भएको छ ।
विद्यालयकी प्रधानाध्यापक कुन्ती ओलीले रत्तदान जीवनदान भन्ने उदेश्यले रत्तदान गरि रेडक्रस सोसाईटीलाई हस्तान्तरण गरिने बताईन् । रगत नै नपाएर ज्यान गुमाउने अवस्था न्युनीकरणकालागि उत्त कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताईन् ।
रत्तदान कार्यक्रमले समाजमा नयाँ सन्देश पनि प्रदान गर्ने भएकोले विद्यालयले उत्त कार्यक्रमको आयोजना गर्न लागेको उनले बताईन् ।
स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले विद्यालयले आयोजना गर्न लागेको रत्तदान कार्यक्रममा आफुहरुले सहयोग गर्ने बताए ।
रत्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको भन्दै देउवाले रत्तदानमा सरिक भईदिन सम्बन्धीत सबैलाई आग्रह गरेका छन् ।
रत्तदान कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिले पनि सहकार्य गरेको छ । यसअघि विद्यालयले २७ गते वार्षिकोत्सवको आयोजना गर्ने तयारी गरेको भएपनि विविध कारणले एकदिन पछी सारेको हो ।