अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थीत तेघरीमा रहेको जनकल्याण एकेडेमीले २५ औँ रजत जयन्ती मनाएको छ ।
सोमबार एक औपचारीक कार्यक्रमका बिच विद्यालयले रजत जयन्ती,वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो । रजत जयन्तीको अवसरमा विद्यालयका हालसम्मका गतिविधिहरु समावेश गरिएको जनकल्याण म्यागाजिन (स्मारिका) विमोचन गरिएको थियो ।
विद्यालयका संस्थापक यज्ञराज हमाल (योगेन्द्र) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरु लाई पुरस्कृत गरिएको थियो भने नर्सरीमा भर्ना गरेर सोही विद्यालयबाट एसएलसी/एसईई दिएका विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मानित गरिएको थियो ।
रजत जयन्तीकै अवसरमा अत्तरिया क्षेत्रका विभीन्न व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो । २०५४ सालमा स्थापना भएको जनकल्याण एकेडेमीमा पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् भने २४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
त्यस्तै गोदावरी ४ को बास्कोटामा न्यु जनकल्याण एकेडेमी पनि सञ्चालनमा रहेको छ । जस्मा दुई सय पचास जना विद्यार्थी अध्ययनरत रहेका छन् भने १४ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।