Attariya Hospital Pvt.Ltd.

समाज रुपान्तरणकालागि शिक्षकको भूमीका महत्वपुर्ण

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले समाज रुपान्तरणकालागि शिक्षकको भूमीका महत्वपुर्ण भएको बताएका छन् ।

सोमबार गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा रहेको समैजी माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सबमा बोल्दै भट्टले समाज रुपान्तरणकालागि शिक्षकको भूमीका महत्वपुर्ण भएको बताएका हुन् ।

समाजलाई सहि बाटोमा डोर्याउनकालागि शिक्षकको भूमीका तारिफयोग्य रहेको भन्दै उनले शिक्षकको भुमीकाको नगरपालिकाले उच्च मूल्यांकन गरिरहेको बताए । देशका भविष्य बालबालिकालाई चरित्रबान बनाउनमा शिक्षकको हात रहेको उनको भनाई थियो ।

Siddi ganesh

सोहि योगदानको मुल्यांकन गर्दै नगरपालिकाले यस वर्षदेखी हरेक वर्ष अवकास प्राप्त शिक्षकलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढाएको भट्टले बताए ।

नगरपालिकाभित्र थुप्रै विकास निर्माणका काम गर्नुपर्ने भएपनि आर्थीक अभावले गर्न नसकिएको उनले बताए । नगरपालिका भित्र समस्याहरु धेरै भएको तर आन्तरीक श्रोत कम भएको भन्दै बिस्तारै सबै कामहरु गर्ने बताए ।

जनताको सबैभन्दा नजीकको सरकार स्थानीय सरकार नै भएकोले जनताका हरेक मागलाई सम्बोधन गर्न आफुहरु प्रतिवद्ध रहेको भट्टले बताए ।

वडा नम्बर ७ र ८ को सिमा विवादलाई ठुलो मुद्धा नबनाउन सामाजिक अगुवाहरुलाई आग्रह गर्दै उनले केहि समस्या भएमा नगरमा आई छलफलका माध्यमबाट टुंग्याउनु पर्ने बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.