Attariya Hospital Pvt.Ltd.

धनगढीमा पिइए इन्जिनियरिङ्ग एण्ड आइटी कुइज प्रतियोगिता सम्पन्न,नास्ट मावि प्रथम

padma
milan sunchadi

अत्तरिया – कैलालीको धनगढीमा पिइए इन्जिनियरिङ्ग एण्ड आइटी कुइज प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार नेशनल एकेडेमी ( नास्ट मावि ) अफ साइन्स एण्ड टेक्नोलाजी र पिइए एशोसियसनको आयोजनामा नास्ट प्राङ्गणमा उत्त प्रतियोगिता सम्पन्न भएको हो ।

नास्ट माविका प्राचार्य प्रध्यापक डाक्टर प्रेम बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा नास्ट माविका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरी र हिस्सान कैलालीका अध्यक्ष खेमराज भट्ट विशिष्ट अतिथी रहेका थिए । प्रतियोगितामा नास्ट माविले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ ।

नास्ट माविबाट आयुष चन्द र मोहित अवस्थी सहभागी रहेका थिए । त्यस्तै कैलाली मोडेल माविले दोस्रो स्थान प्राप्त गरेका छ । कैलाली मोडेल माविबाट विक्रम बोहरा र अंकित महरा सहभागी थिए ।

Siddi ganesh

त्यसैगरी रेडियन्ट मावि महेन्द्रनगरले तेस्रो स्थान हाँसिल गरेको छ । रेडियन्ट माविबाट शिशिर ओली र एसराज भट्ट सहभागी थिए भने नास्ट मावि धनगढीकै दयाकृष्ण जोशी र खगेन्द्र कठायतले चौथो स्थान हाँसिल गर्न सफल भएका छन् ।

सफल भएका सबै टिमलाई प्रमाण पत्र सहित मेडल,ट्रफि र नगदसहित सम्मान गरिएको थियो । प्रतियोगितामा सुदूरपश्चिमका विभिन्न विद्यालयका ४२ टोली सहभागी भएका थिए ।

सफल भएका चारै टोली आगामी वर्ष काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगितामा उपाधीकालागि खेल्नेछन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.