अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थीत गौडिमा रहेको ट्रिपोलर एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार एक समारोहकाबिच विद्यालयले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नम्बर ७ की वडा अध्यक्ष कलावती देवी साउँद रहेकी थिईन् । कार्यक्रममा आफ्नो भनाई राख्दै साउँदले शैक्षीक विकासमा निजी विद्यालयको भुमीका महत्वपुर्ण रहेको बताईन् ।
उनले ट्रिपोलर एकेडेमीले वडा नम्बर ७ को ग्रामिण भेकमा विद्यालय सञ्चालन गरी स्थानीयलाई सेवा तथा सुविधा प्रदान गरिरहेको बताईन् । साउँदले निजी विद्यालयलाई समेट्ने खालको कुनै पनि निति नभएका कारण निजी विद्यालयलाई कुनै पनि प्रकारको सहयोग भने गर्न नसकिएको बताईन् ।
कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंह धामीले ग्रामिण क्षेत्रमा विद्यालय सञ्चालन गर्दा थुप्रै कठीनाईहरु रहेको बताए । उनले आफुहरुले व्यवसायीक वा नाफाकालागि भन्दा पनि यहाँका बालबालिकालई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विद्यालय सञ्चालन गरिरहेको बताए ।
विद्यालयका हरेक क्रियाकलापलाई नियमित नियाल्न अभिभावकलाई आग्रह गर्दै उनले सुधार गर्नुपर्ने कुराहरु सुझाव दिन अभिभावक तथा सरोकारवालालाई आग्रह गरे । विद्यालयको १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विभिन्न संघ सँस्थाका प्रतिनिधी,अभिभावक लगायत विद्यार्थीको उपस्थीती रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर विष्टले अभिभावक,विद्यार्थी र शिक्षकको संयुत्त मिहिनेत गरे मात्रै उचित प्रतिफल हाँसिल गर्न विद्यालय सक्षम हुने बताए । उनले विद्यालयभन्दा बाहिरको समयमा बालबालिकाको व्यवहार कस्तो छ भन्ने कुरामा सचेत रहन अभिभावकलाई आग्रह गरे ।
वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विभीन्न विधाका खेलमा प्रथम,द्धितिय र तृतिय स्थान हाँसिल गर्ने विद्यार्थीहरुकासाथै गत शैक्षीक सत्रमा कक्षामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विभीन्न साँस्कृतिक प्रस्तुतीहरु पनि रााखीएको थियो ।
२०६५ सालमा ८० जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल तीन सय बीस जना विद्यार्थी रहेका छन् भने १३ जना शिक्षक शिक्षीका कार्यरत रहेका छन् । विद्यालयले कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ ।