सूचीकृत भयो भाइबर

Image
maya metro

काठमाडौं – अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ।

यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ।

nisarga

सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए।

“निर्देशिकामा उल्लिखित सबै प्रक्रिया पूरा गरेर भाइबर सूचीकृत भएको हो,” उनेले भने।

भाइबरले नेपालका लागि तोकेको सम्पर्क व्यक्ति मन्त्रालयमा आएर सूचीकरणको प्रक्रियामा सामेल भएको उनले बताए।

भाइबर सूचीकरण भएसँगै नेपालमा अन्य सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियाले गति लिने उनको भनाइ छ। अहिले स्न्यापच्याट, लिङ्क्डइन जस्ता सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा रहेको उनको भनाइ छ।

नेपालमा सूचीकरण भएको भाइबर सन् २०१० मा इजरायलमा स्थापना भई साइप्रसमा दर्ता भएको कम्पनी हो। पछि सन् २०१४ माजापानी कम्पनी राकुटेनले खरिद गरेर राकुटेन भाइबरका रूपमा सञ्चालन भइरहेको छ।