अत्तरिया – कैलालीको गोदावरी नगरपािलकाका विद्यालयमा आधारभुत तह कक्षा ८ को अन्तिम परिक्षा भोली (शुक्रबार) देखी सुरु हुँदै छ ।
बिहान ८ बजेदेखी १० बजेसम्म परिक्षा सञ्चालन हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । परिक्षाकोलागि नगरपालिकाभित्र १२ ओटा केन्द्र र एउटा उप केन्द्र तोकिएको शिक्षा शाखाले जनाएको छ ।
परिक्षामा दुई हजार दुई सय २६ जना विद्यार्थी सहभागी हुँदैछन् । परिक्षाको सबै तयारी पुरा भएको शिक्षा शाखाले जनाएको छ । परिक्षा चैत्र ९ गतेसम्म चल्नेछ ।