Attariya Hospital Pvt.Ltd.

नेविसंघ नेता जोशी केन्द्रीय सदस्यमा मनोनित

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का डण्डीराज जोशी नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेविसंघमा सभापति शेरबहादुर देउवाले शनीबार दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा जोशी सहित थप ४१ जना सदस्य मनोनित गरेका हुन् ।

विद्यार्थी आन्दोलन सहित नेपाली कांग्रेस कैलालीको राजनीतिक आन्दोलन तथा सामाजिक क्रियाकलापमा अग्र मोर्चामा रहने नेता जोशी नास्ट कलेज धनगढी २०६७ का सभापति हुन् ।

Siddi ganesh

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाबाट स्नातक तहको पढाई गरेका उनी हाल त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा नेपाल विद्यार्थी संघका जुझारु नेता हुन ।

satyawati

त्रीवि व्यवस्थापन केन्द्रिय विभागबाट व्यवस्थापन संकायमा स्नातकोत्तर हालै सकेका जोशी विद्यार्थी राजनिती संगै त्रीवि राजनीतिशास्त्र केन्द्रिय विभागबाट राजनीति सास्त्रमा स्नातकोत्तर गरिरहेका छन ।

विद्यार्थीका मुद्धा सम्बोधन गराउने देखी शैक्षिक बेथिती बिरुद्ध आफु अझै सक्रिय भएर लाग्ने भन्दै संगठनले आफ्नो मुल्याकंन गरेकोमा जोशीले धन्यवाद दिएका छन् ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.