धनगढी – कैलालीको धनगढीमा रहेको सौराइ स्क्वायरले नारि सम्मान २०८० बाट कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मानित गरेको छ ।
पत्रकार न्युरेले कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ बर्ष देखि वन, वातावरण, जैबिक विविधता, महिला, शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट) बनाइ समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सौराइ स्क्वायरले सम्मानित गरेको हो ।
न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सत्ति कर्णाली अनलाईनकी कार्यकारी सम्पादक समेत हुन् । सौराइ स्क्वायर धनगढीले ११४ औ अतरराष्ट्रिय नारी दिवश अवसर पारी सौराइ स्क्वायरले न्युरेसहित विभिन्न क्षेत्रमा काम गर्दै आएका ७ जना महिलाहरुलाइ सम्मान गरेको छ।