माया गर्ने मायालु एक चोटि त आउँ
मनमा माया छ भने भेटेर जाऊ
म सँग मेरो बारेमा कुराकानी गर
यो जिन्दगीमा मलाई तिम्रो नै छ भर
सोच्छु मैले सत्य कुरा के हो भनी
सके सम्म सही कुरा गर्छु मैले नि
धेरै कुरा सोध्छु धेरै बोल्ने बानी रै छ
एक चोटि दर्शन पाउँदा मन खुसी हुन्छ
मैले पाइला सार्दै छु अगाडि बढ्नु छ
मेरो भन्नु तिमि हौ मनमा धेरै प्यार छ
मैले बोलाएको छु सुनेर तिम्रो स्वर
यता तिर आउन कता लगाएकी छौ नजर
माया गर्ने मायालु एक चोटि त आउँ
मनमा माया छ भने भेटेर जाऊ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी