अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका विभीन्न क्षेत्रमा काम गर्दै आईरहेको यार्ड नेपालले युवा उद्यमशीलता परियोजना अन्र्तगत ४९ जनालाई शिक्षण पेशाकालागि तयार गरेको छ ।
यार्डले गोदावरी नगरपालिका भित्रका ४८ जना महिला र १ पुरुष गरी ४९ जनालाई शिक्षण पेशाकालागि तयार गरेको हो । २३ जनालाई मन्टेशवरी तालिम प्रदान गरिएको छ भने २६ जनालाई शिक्षक तालिम प्रदान गरिएको छ ।
विद्यालय सञ्चालनकालागि दक्ष जनशत्ति नै नपाईने समस्या भोग्दै आएका कारण पनि विभीन्न प्रयास गरेर सहयोगी सँस्थासंगको समन्वयपछी उत्त कार्यक्रम ल्याईएको सँस्थाका अध्यक्ष स्माइल चौधरीले बताए । एभरेष्ट एकेडेमीका प्रिन्सीपल समेत रहेका उनले देशमा कुनै पनि रोजगारी छैन भन्ने तर आफु दक्ष बन्ने प्रयास नगर्ने प्रवृतीले पनि बेरोजगारीको समस्या निम्तीएको बताए । शिक्षण पेशाकालागि तयार भएका जनशत्तिलाई रोजगारको अवसर दिलाईदिन पनि उनले विद्यालयहरुलाई आग्रह गरे ।
सँस्थाका कार्यक्रम निर्देशक महेन्द्र शाहिले युवाहरुलाई दक्ष बनाउने उदेश्यले उत्त कार्यक्रम सञ्चालन गरिएको बताए । शिक्षणकालागि तयार गरिएको जनशत्तिलाई रोजगारिकालागि पनि विद्यालयहरुसंग समन्वय गर्ने उनले बताए । यार्ड नेपालले गोदावरीका १५ जना युवाहरुलाई एकाउन्ट तालिम पनि प्रदान गरेको उनले बताए । एकाउन्ट तालिम पाएका केहि व्यत्ति रोजगारीमा लागि सकेको भन्दै उनले अत्तरिया सानो क्षेत्र भएका कारण केहि व्यत्तिलाई व्यवस्थापन गर्न भने समस्या भईरहेको बताए ।
कार्यक्रमकी प्रशिक्षार्थी टिकेश्वरी नौन्यालले उत्त तालिम पाईसकेपछी अब रोजगार हुन्छु भन्नेमा आफु ढुक्क रहेको बताईन् । उनले कहिलेकाँहि विभिन्न निकायबाट सिलाई कटाई लगायतका तालिम पनि आउने तर त्यस्ता तालिमहरु लिएपछी साक्षरहरुले मात्रै काम गर्नुपर्छ भन्ने मान्यता समाजको भएको हुँदा तालिम लिएर पनि आफुले व्यवसायिक रुपमा उत्त पेशा नअपनाएको बताईन् ।
तीन महिने मन्टेश्वरी तालिम लिएकी उनले शिक्षण पेशा समाजमा सम्मानित पेशा भएका कारण अब भने थप मेहेनेत गरेर पनि आफु शिक्षण पेशामा लाग्ने बताईन् । त्यस्तै युवा उद्यमशीलता परियोजना अन्र्तगत यार्ड नेपालले आज सरोकारवाला निकायसंग परामर्स पनि गरेको छ ।
उत्त कार्यक्रममा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी,रोजगार शाखा प्रमुख रोहित जोशी,दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्र बहादुर ऐर,प्याब्सन गोदावरीका अध्यक्ष श्याम खत्री,एन प्याब्सन कैलालीका अध्यक्ष ललित साउँद लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले सिपमुलक शिक्षा अनिवार्य भएको बताए । तालिममा सिकेका कुरालाई प्रशिक्षार्थीहरुले उपयोग गर्नेमा आफु विश्वस्त रहेको उनले बताए ।