अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको निजी विद्यालय सत्यवती एकेडेमीले नगरका दुई ओटा सरकारी विद्यालयलाई सहयोग गर्ने भएको छ । विद्यालयले पहिलो चरणमा वडा नम्बर ६ मा रहेको नवदुर्गा आधारभुत विद्यालय र वडा नम्बर १० मा रहेको शंकर आधारभुत विद्यालयलाई गुणस्तर सुधारकालागि सहयोग गर्ने भएको हो ।
नवदुर्गा आविमा हाल स्मार्ट टिभी र इन्टरनेटको व्यवस्था गरिने तथा शंकर आधारभुत विद्यालयमा मन्टेश्वरीकालागि भवन निर्माण गरिने सत्यवती एकेडेमीका सँस्थापक विर बहादुर कडायतले बताएका छन् । दुवै विद्यालयमा आर्थीक अवस्था कमजोर भएका दलित विधार्थीहरुको बाहुल्यता रहेको र अवस्था दयनिय रहेका कारण पहिलो चरणमा दुई विद्यालयलाई छनोट गरिएको कडायतले बताएका छन् ।
त्यसकासाथै आर्थीक अवस्था कमजोर भएका विद्यार्थीलाई स्टेसनरी तथा विद्यालय पोषाकको पनि पुर्ण जिम्मेवारी सत्यवती एकेडेमीले वहन गर्ने उनले बताएका छन् । त्यसैगरी दुवै विद्यालयका विद्यार्थीहरुलाई सत्यवतीले शैक्षिक भ्रमण पनि गराउनेछ भने बिदाको समय पारी सत्यवती एकेडेमीमा भएका ल्याब,संगित कक्षा तथा खेल मैदान पनि उपलब्ध गराउनेछ ।
दुवै विद्यालयका शिक्षकहरुकालागि तालिम तथा मोटिभेसनल कक्षाहरुको व्यवस्था पनि गरिने कडायतले बताएका छन् । अभिभावकहरुलाई समेत विभीन्न समयमा भेला गराई बालबालिकाको हेरचाहकालागि ध्यान दिन आग्रह गरिने बताईएको छ । विद्यालयमा नियमित हुने सरसफाई,बोट बिरुवाको हेरचाह लगायतका कामहरु तथा विद्यालयको भौतिक तथा शैक्षिक विकासकालागि पनि विद्यार्थी तथा शिक्षकहरुलाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरु गर्ने कडायतको भनाई छ ।
आर्थीक रुपमा कमजोर भएपनि सामाजिक रुपमा आफ्नो दायित्व निभाउनु पर्छ भन्ने प्रभाव शिक्षक,विद्यार्थी तथा अभिभावकमा पार्ने उदेश्य आफुहरुको रहेको उनले बताए । साथै सत्यवती एकेडेमीका विद्यार्थीले उपयोग गरिरहेको हरेक सेवा सुविधा दुवै विद्यालयका बालबालिकाले पनि पाउन भन्ने आफुहरुको चाहना रहेको उनले बताए । त्यसकालागि सत्यवती एकेडेमीका विद्यार्थी तथा अभिभावकलाई पनि सो कार्यका निम्ती प्रेरित गर्ने कडायतको भनाई छ ।
आर्थीक रुपमा कमजोर हुँदैमा कोहि कमजोर हुँदैन र भविष्यमा महान व्यत्ति बन्न सक्छ भन्ने सकरात्मक सोच बालबालिकामा विकास गर्नु आफुहरुको उदेश्य रहेको उनले बताए । शिक्षा जस्तो क्षेत्रमा अग्रणी रुपमा रहेको विद्यालयले सँस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यता अनुसार आफुहरुले उत्त कार्यको सुरुवात गरेको सत्यवतीकी प्रिन्सीपल यसोदा कडायतले बताईन् । “हामीले समाजका लागि पनि केहि न केहि योगदान गर्नुपर्छ उनले भनीन्, सँस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि हाम्रो कर्तव्य हो,सोहि बमोजिम यो कार्यको सुरुवात गरेका हौँ ।”
यो कार्यलाई अब हरेक वर्ष निरन्तरता दिईने उनको भनाई छ । सँस्था सञ्चालन गरिसकेपछी सँस्थागत सामाजिक उत्तरदायित्वको दायरामा ल्याई समाजप्रतिको दायित्व बोध गराउनु पनि आवश्यक रहेको कडायत बताउँछीन् । नवदुर्गा आविकी प्रधानाध्यापक धर्मा अवस्थीले सत्यवती एकेडेमीको उत्त कार्यले आफ्नो विद्यालयको शैक्षीक गुणस्तर वृद्धी हुनेमा आफु विश्वस्त रहेको बताईन् । सत्यवतीको उत्त कार्यले आफुलाई समेत विद्यालयप्रति थप उत्तरदायि हुन प्रेरित गरेको भन्दै उनले विद्यालयको सो कदममा पुर्ण साथ दिने बताईन् ।
१७० जना बालबालिका अध्ययनरत रहेको उत्त विद्यालयमा मन्टेश्वरीमा २७ जना बालबालिका रहेका छन् । त्यस्तै शंकर आविका प्रधानाध्यापक भत्त बहादुर रावलले अन्य विद्यालयले पनि सत्यवतीको उत्त कदमको सिको गर्नुपर्ने बताए । शंकर आविमा पढ्ने अधिकांश बालबालिकाका अभिभावक दैनिक ज्याला मजदुरी गर्ने भएकोले बालबालिकालाई कापी,कलम तथा पोषाकको समेत समस्या हुने गरेको भन्दै उनले मन्टेशवरीकालागि आवश्यक सामग्री सहितको भवन निर्माण,तथा शिक्षकलाई तालिम प्रदान गरिने भएपछी शैक्षिक स्तर वृद्धी हुने अपेक्षा आफुले लिएको बताए ।
सत्यवतीले उत्त कार्य गरिदिने भएपछी यो वर्ष मात्रै झण्डै ३० बालबालिका मन्टेश्वरीमा मात्रै बढ्ने निश्चित भएको उनले बताए । विद्यालयको गुणस्तर सुधार गर्न तथा विद्यार्थी संख्या बढाउन विद्यार्थी,शिक्षक तथा अभिभावक तीनै पक्ष लाग्नुपर्ने उनले बताए । शंकर आधारभुत विद्यालयमा ८१ जना बालबालिका अध्ययनरत रहेका छन् । अत्तरियामा १२ वर्षअघि स्थापना भएको सत्यवती एकेडेमीमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । यस विद्यालयले सामाजिक क्षेत्रमा समेत विभीन्न योगदान गर्दै आएको छ ।