दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

Image

झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्।

प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। प्रसाईंले २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए।

सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले सम्बन्धन दिन आदेश दिएको हो।

कलेजले १५ फागुन २०७३ मा नै मापदण्ड तथा पूर्वाधार तयार गरी एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि काठमाडौँ विश्वविद्यालयसमक्ष निवेदन दिएको थियो।