सुदूरपश्चिम प्रदेशबाट एसइईमा पचपन्न हजार विद्यार्थी सहभागी हुने

Image
maya metro

डडेल्धुरा – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका छन् । तीमध्ये २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहोराले एसइईको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । यस प्रदेशका नौ वटै जिल्लाका लागि २११ परीक्षा केन्द्र, २११ केन्द्राध्यक्ष, ३७४ सहायक केन्द्राध्यक्ष तोकिएको बोहोराले बताए ।

nisarga

परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार ७४३ निरीक्षक, ५५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार १६३ जना नेपाल प्रहरीका साथै एक हजार ९५ विद्यार्थीका सहयोगी गरेर आठ हजार १४३ कर्मचारी परिचालन गरिने छ ।

परीक्षामा सहभागी हुनेमध्ये सबैभन्दा बढी कैलालीबाट १८ हजार ७२० र कञ्चनपुरबाट १० हजार ३३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९५० विद्यार्थीले एसइई दिने छन् ।

बझाङबाट चार हजार ३८०, डोटीबाट तीन हजार ३२८, बाजुराबाट दुई हजार ९३४, दार्चुलाबाट दुई हजार ७५० र डडेलधुराबाट दुई हजार ५५७ विद्यार्थी परीक्षामा सहभागी हुने निर्देशनालयले जनाएको छ ।

१२ वटा परीक्षा केन्द्र रहेको डडेलधुरामा दुई हजार ५५७ परीक्षार्थीले एसइई दिने शिक्षा समन्वय समिति डडेलधुराले जनाएको छ । एक हजार १०३ छात्रा र छात्रको सङ्ख्या एक हजार २५४ रहेको छ ।