मनको यादमा छु कि कतै…

Image
maya metro

मनको यादमा छु कि कतै खोज्ने गर

हाँसी खुसि रमाएर बाच्ने कोसिस गर

nisarga

किन रुन्छौ किन आशु झर्छ

मनबाट हाँसेर बोल्ने कोसिस गर्नु छ

सपना छन् धेरै पुरा गर्नु छ

सधैँ भरि साथमा यात्रा गर्नु छ

सम्झना आउँदा बोलाउनु पनि छ

ती नजरको हेराइले मनलाई छुन्छ

बाचेको छु म हाँसोले मनलाई भर्न

किन होला ती नजरले लागेकी छौ घोच्न

मन खुसी बनाउन आउन फेरि

किन यो मन झस्केर उठ्छ यसरी

मनको यादमा छु कि कतै खोज्ने गर

हाँसी खुसि रमाएर बाच्ने कोसिस गर

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी