
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा साढे ६ करोड (भ्याट बाहेक) रुपैँयाको योजनाको काम सुरु भएको छ । संघीय सरकार र नगरपािलकाको पचास पचास प्रतिशत रहने गरी साढे ६ करोडमा बास्कोटा,खैराना हुँदै बसन्तपुर जोड्ने करिब ७ किलोमिटर (६ हजार ७ सय ७७ मिटर) सडक कालोपत्रे गरिनेछ भने चार ओटा कल्भर्ट निर्माण गरिनेछ ।
कल्भर्टको आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिलान्यास गरेका छन् । २०८३ असार मसान्तमा सम्पन्न गर्ने गरी योजनाको गत चैत्र ४ गते जगदम्बा मालिका स्वामी केदारनाथ जेभीले ठेक्का पाएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै गोदावरी ४ का पदम बहादुर बलायरले बास्कोटाको बाटोमा धुलाम्मे र हिलाम्मे भएर हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरे । “हामीले यो बाटोमा हिँड्दा धुलोले लुगा लगाउन नमिल्ने हुन्थ्यो,आँगनमा लाएको तरकारी धुलाम्मे हुन्थ्यो अब त्यो समस्याबाट मुत्त भईन्छ भन्ने आसा जागेको छ ।
उनले भने ।” बलायरले काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । त्यस्तै स्थानीय डम्मरी जोशीले बास्कोटा बासीको ठुलो सपनाको रुपमा रहेको उत्त बाटो कालोपत्रे हुने भएपछी आफुलाई खुसी लागेको बताईन् । उनले वर्षौदेखी आफुहरु कालोपत्रेका लागि लागे पनि सफल नभएको भन्दै वडा अध्यक्ष र नगर प्रमुखलाई धन्यवाद दिईन् ।
शिलान्यास कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले साढे ६ करोडको योजना आफ्नो वडामा परेको भन्दै खुसी व्यत्त गरे । उनले बास्कोटा,खैराना हुँदै बसन्तपुर जोड्ने उत्त सडक कालोपत्रे भएमा स्थानीयलाई सहज हुने भन्दै घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने अवस्थाको अन्त्य हुने बताए ।
समयमै मापदण्ड बमाजिमको सडक निर्धारण गरेर निर्माण कम्पनीलाई पनि सहयोग गर्न उनले स्थानीयलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले निर्वाचनमा गरेको बाचा बमोजिम आफुले उत्त बाटोमा कालोपत्रेको योजना ल्याएको बताए ।
उत्त बाटो कालोपत्रे भएमा स्थानीयलाई आवतजावतमा सहज हुने भन्दै उनले समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । वडा नम्बर ४ भित्र धेरै विकटता रहेको बताउँदै भट्टले आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताए ।















