अत्तरिया – कैलालीको गोदावरीमा सुदूरपश्चिम राजधानी मेयर कप सुरु भएको छ । पि एफ ए स्पोर्ट्स क्लबले आयोजना गरेको सुदूरपश्चिम राजधानी मेयर कपको आज (शुक्रबार) एक कार्यक्रमबाबिच गोदावरी नगरपालिका वडा नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्टले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै भट्टले खेलले मानिसलाई स्वस्थ राख्नेकासाथै खेलाडीले राष्ट्रको नाम उच्च राख्ने बताए । खेलका क्षेत्रमा लगानी गर्न नगरपालिका प्रतिवद्ध रहेको भन्दै उनले अनुशासित भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे ।
वडा नम्बर ८ स्थीत शिवशत्ति युवाक्लबको खेल मैदानमा भईरहरेको उत्त प्रतियोगिता २२ गतेसम्म संचालन हुनेछ । १० ओटा टिम सहभागी रहेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कारसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछ
त्यस्तै द्दितिय हुने टिमले १ लाख नगदसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार,उत्कृष्ट गोलरक्षकले १० हजार पाउनेछ भने उत्कृष्ट मध्य मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछ ।
त्यसैगरी प्रतियोगितामा म्यान अफ द म्याचकालागि ३३ हजार रुपैयाँ छुट्याईएको छ । उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने मुख्य प्रायोजकमा बाह्रबन साझेदारी बन गौरीगंगा ६ रहेको छ ।