धनगढी – प्रथम लालसलाम कप भलिबल प्रतियोगिताकाे उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी भएको छ। धनगढीस्थित रंगशालामा बिहिबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसले नाष्ट कलेजलाई २–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नाष्टमाथि एमसीले एकतर्फी जित निकालेको हो।
पहिलाे सेटमा २५-१३ र दाेस्राे सेटमा १५-२१ले नाष्टलाई पछि पार्दै ऐश्वर्यले साेजाे सेटले जित निकालेकाे हाे। अनेरास्ववियू क्रान्तिकारी कैलालीको आयोजनामा २०८१ सालको बैशाख २० देखि २४ गतेसम्म धनगढी रंगशालामा प्रदेशका विभिन्न क्याम्पसहरूबीच भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हाे।

प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेको क्रान्तिकारी कैलाली जिल्ला समितिले जनाएको छ। विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा सुदूरपश्चिमका १४ क्याम्पसका टिमको सहभागिता रहेको छ। प्रतियोगितामा नकआउटका खेलहरू सुरू भएकम हुन्।
प्रतियोगितामा युथ अफ टिकापुर, ओम श्रीनगर स्पाेर्टसकाे सहकार्य र आयोजक अनेरास्ववियू कैलाली जिल्ला समिति रहेकाे छ।