Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम राजधानी मेयर कप २०८१ : पेनाल्टीबाट हिमाल फ्रेन्ड्स विजयी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरीमा जारी सुदूरपश्चिम राजधानी मेयर कपको उपाधी हिमाल फ्रेन्ड्स क्लब पुर्नवासले जितेको छ । वडा नम्बर ८ स्याउले स्थीत शिवशत्ति युवाक्लबको खेल मैदानमा आज भएको फाइनल खेलमा हिमाल फ्रेन्ड्स क्लबले प्रतिद्धन्दी पुर्नवास–३ लाई पेनाल्टीमा ५–४ ले हराएको हो ।

खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटका लागि समय दिईएको थियो । विजेता बनेसंगै हिमाल फ्रेन्ड्स क्लबले दुई लाख नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको पुर्नवास–३ ले १ लाख नगदसंगै ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उदयीमान खेलाडी गोदावरी नगरपालिकाका दिपेश ओली बने भने म्यान अफ दि म्याच हिमाल फ्रेन्डका जि आर अकशेख बने ।

Siddi ganesh

त्यसैगरी पुर्नवास–३ का खेलाडी शुसिल तामाङ सर्वाधीक गोलकर्ता बन्दा हिमाल फ्रेन्ड्सका आशिष पुन बेस्ट डिफेन्डर घोषीत भए । त्यस्तै हिमाल फ्रेन्ड्सकै जि आर अकशेख उत्कृष्ट गोलरक्षक बने भने बेस्ट मिड फिल्डर अरुण चौधरी बने ।

सवोत्कृष्ट खेलाडी पुर्नवास–३ का अमित तामाङ घोषीत हुँदा बेस्ट कोच हिमाल फ्रेन्ड्सका प्रशिक्षक पदम रोकाया घोषीत भए । । पि एफ ए स्पोर्ट्स क्लबले आयोजना गरेको सुदूरपश्चिम राजधानी मेयर कप २०८१ वैशाख १४ गते गोदावरी नगरपालिका वडा नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम् नगर प्रवत्ता गोपालदत्त भट्टले उद्घाटन गरेका थिए ।

उत्त प्रतियोगितामा १० ओटा टिम सहभागी भएका थिए । प्रतियोगिताको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको थियो भने मुख्य प्रायोजकमा बाह्रबन साझेदारी बन गौरीगंगा ६ रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.