Attariya Hospital Pvt.Ltd.

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

padma
milan sunchadi

डडेल्धुरा – डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडामा ट्याक्टर दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् ।

Siddi ganesh

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.