Attariya Hospital Pvt.Ltd.

गोदावरीमा नगर स्तरीय प्राथमिक स्कुल एकल नृत्य प्रतियोगिता हुने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदवारी नगरपालिकामा नगरस्तरीय प्राथमिक स्कुल एकल नृत्य प्रतियोगिता हुने भएको छ । अत्तरियामा रहेको वान वए डान्स क्याम्पले जेठ १२ गतेदेखी असार १२ गतेसम्म नगर स्तरीय एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेले बीस हजार एक सय १५ रुपैँया नगद पुरस्कार पाउने वान वए डान्स क्याम्पका सञ्चालक नरेश विकले जानकारी दिए । त्यस्तै द्धितिय हुनेले दश हजार एक सय १५ रुपैँया पुरस्कार पाउनेछ भने तृतिय स्थान हाँसिल गर्नेले पाँच हजार एक सय १५ रुपैँया पुरस्कार पाउने आयोजक वान वए डान्स क्याम्पले बताएको छ ।

नृत्य प्रतियोगितामा कक्षा १ देखी ५ सम्मका विद्यार्थी सहभागि हुन पाउनेछन् भने नृत्य नेपाली गीतमा मात्रै गर्न पाईनेछ । त्यसैगरी गीत अधिक २ मिनेट ३० सेकेन्ड बढी समावेश गरिने छैन भने आफुलाई सामग्रीहरु प्रतियोगी आफैले व्यवस्था गर्नुपर्नेछ ।

Siddi ganesh

प्रतियोगितामा उत्कृष्ट ५ मा पर्नेलाई वान वए डान्स क्याम्पमा ३ महिनासम्म निःशुल्क नृत्य सिकाईनेछ भने उत्कृष्ट १० मा पर्नेलाई एक दिने सामाजिक अवलोकन भ्रमण गराईनेछ ।

प्रतियोगितामा भोटिङ सिस्टम राखिएको छैन भने पहिलो राउन्डमा फाराम निःशुल्क गरिएको आज आयोजीत पत्रकार सम्मेलनमा आयोजकले बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.