Attariya Hospital Pvt.Ltd.

कैलालीका जलाधार व्यवस्थापन अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

padma
milan sunchadi

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग एक लाख २० हजार घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले यही वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

Siddi ganesh

पालमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा एक लाख २० हजार बिगो मागदाबी गरेको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.