अत्तरिया – कैलालीको अत्तरियामा रहेको किड्सजोन एकेडेमीले शिक्षकहरुका लागि क्षमता अभिवृद्धी तालिमको आयोजना गरेको छ ।
विद्यालयमा अध्यापन गराँउदै आएका २७ जना शिक्षकहरुका लागि १५ दिने क्षमता अभिवृद्धी तालिमको आयोजना गरिएको विद्यालयका सञ्चालक मदन जोशीले जानकारी दिए ।
जोशीका अनुसार रसियाका मिस्टर जो र भारतकी ट्रेनर डाक्टर भावना कुलश्रेष्ठले शिक्षकहरुलाई स्वयमंसेवकका रुपमा तालिम दिईरहेका छन ।
उनीहरुले गुणस्तरीय शिक्षा,कक्षा कोठा व्यवस्थापन लगायतका विषयमा तालिम प्रदान गर्ने जोशीले बताएका छन् ।
तालिम गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सहयोगी हुने विश्वास रहेकोे जोशीले बताए ।