अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ५८ हजारको बजेट सार्वजनिक गरेको छ ।
वडाले आज वडा भेलामार्फत समानिकरणतर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ५८ हजार ३३९ रुपैँया बराबरको बजेट सार्वजनिक गरेको हो ।
गोदावरी नगरपालिकाले आजबाट वडा भेला सुरु गरेको हो ।