तरुण दल गोदावरी नगर कार्यसमितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन

Image

अत्तरिया – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको छ ।

१७ औं गणतन्त्र दिवसको अवसर पारेर तरुण दलले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्यमा तरुण दल ले गर्मी को समयमा रगत को अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा नियमित रक्तदाता दिपक उपाध्याय र शेर सिंह खड्कालाई सम्मान समेत गरिएको थियोे ।