अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ८३ हजार ९७० को बजेट सार्वजनिक गरेको छ ।
वडाले आज वडा भेलामार्फत समानिकरणतर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ८३ हजार ९७० रुपैँया बराबरको बजेट सार्वजनिक गरेको हो ।
नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको वडा भेलामा उपप्रमुख शारदा देवी रोकाया, विभीन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको थियो ।