
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकावडा नम्बर ५ ले आगामी आर्थिक वर्षका लागि ७५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ ।
बुधबार वडा भेलामार्फत वडा कार्यालयले बजेट सार्वजनिक गरेको हो ।

३७ लाख ५६ हजार रुपैया पुर्वाधारका क्षेत्रमा,१६ लाख ५२ हजार सामाजिक विकास तर्फ ,११ लाख २६ हजार आर्थिक क्षेत्रमा ,यस्तै सुशासन तथा अन्य क्षेत्रमा ६ लाख ७६ हजार र वन तथा वातावरणमा ३ लाख रुपैया बजेट विनियोजन गरिएको वडा अध्यक्ष शुद्धिराम चौधरीले बताएका छन् ।














