Attariya Hospital Pvt.Ltd.

शैलेश्वरी माविका विद्यार्थीलाई लागूऔषध दुर्व्यशनी सम्बन्धि सचेतना मूलक कक्षा

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बडेँहामा रहेको शैलेश्वरी माविमा लागूऔषध दुर्व्यशनी सम्बन्धि सचेतना मूलक सचेतना मूलक कक्षा प्रदान गरिएको छ ।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले गोदावरी नगरपालिका वडा नम्बर ६ को सहयोग तथा इलाका प्रहरी कार्यालय मालाखेतीको समन्वयमा विद्यालयमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई आज विद्यालयमै सचेतना मूलक कक्षा प्रदान गरेको हो ।

सचेतना मूलक कक्षाबाट करिब १५० जना विद्यार्थी लाभान्वित भएको प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले बताएका छन् । पछिल्लो समय लागूऔषधको प्रयोगबाट धेरै व्यक्तिहरु प्रभावित भईरहेको हुँदा लागूऔषध प्रयोग न्यूनीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।

Siddi ganesh

कार्यक्रममामा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले लागूऔषध दुर्व्यशनी सम्बन्धि तथा बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए भने ब्रह्मा कुमारी विश्वविद्यालयकी संचालिका ब्रह्मा कुमारी रविनाले धार्मिक विषयमा विद्यार्थिहरुलाई जानकारी गराएकि थिईन ।

satyawati

कार्यक्रममा सुदूरपश्चिमकि पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी,वडा नम्बर ६ का वडा अध्यक्ष जग्गुराम चौधरीलगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री चौधरीले पछिल्लो समय अधिकांश व्यक्तिहरु लागूऔषधमा फस्नेक्रम बढेकाले यस्ता सचेतना मूलक कार्यक्रमहरुको आवश्यकता बढेको बताईन ।

उनले लागूऔषध प्रयोग न्यूनीकरणका लागि सबैपक्ष जिम्मेवार बन्न जरुरी रहेको बताईन । त्यस्तै वडा अध्यक्ष चौधरीले विद्यालय उमेरका बालबालिका,किशोरकिशोरी समेत लागूऔषध प्रयोगकर्ता हुनु दु:खद भएको बताए ।

“कतिपय विद्यालय उमेरका बालबालिका,किशोरकिशोरी समेत लागूऔषध प्रयोगकर्ताका रूपमा पक्राउ परिरहेका छन् उनले भने त्यसैले पनि लागूऔषध न्यूनीकरणका लागि अब विद्यालय स्तरबाटै पहल गर्नु आवश्यक छ ।”

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.