गोदावरीका विद्यालयमा ७ गतेसम्म गर्मि बिदा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले विद्यालयहरुमा गर्मि बिदा दिएको छ ।

नगरपालिकाले भोलेदेखी असार ७ गतेसम्म गर्मि बिदा दिएको हो।

कैलालीमा केहि साता यता तापक्रम ४२ डिग्रीभन्दा माथि रहेको छ ।

अत्यधिक गर्मिका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नगरपालिकाको शिक्षा शाखाले ७ गतेसम्म गर्मि बिदा दिएको हो ।