गोदावरीमा ‘पीएनसी घरभेट’ कार्यक्रमबाट ९७० जना लाभान्वित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा गत आर्थीक वर्षदेखी लागु भएको उत्तर प्रशुती स्याहार (पीएनसी घरभेट) कार्यक्रमबाट ९७० जना लाभान्वित भएका छन् । नगरका १६ ओटा स्वास्थ्य संस्थाबाट पछील्लो ११ महिनामा ९७० जना लाभान्वित भएका हुन् । जस्मा सबैभन्दा बढी वडा नम्बर ११ को स्वास्थ्य केन्द्रबाट १५१ जनाले सेवा पाएका छन् । त्यस्तै वडा नम्बर ६ का स्वास्थ्य केन्द्रबाट १२४ जनाले पीएनसी घरभेट सेवा पाएका छन् ।

वडा नम्बर १ का ११९ जना तथा ४ का स्वास्थ्य केन्द्रबाट ११२ जनाले सेवा पाएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । वडा नम्बर ५ का स्वास्थ्य केन्द्रबाट ९२ जना,८ का स्वास्थ्य संस्थाबाट८५ जना,९ का स्वास्थ्य संस्थाबाट ८४ जना, ७ का स्वास्थ्य संस्थाबाट ५८ जनाले सेवा लिएको शाखाले जनाएको छ । वडा नम्बर ३ को मालाखेती अस्पतालबाट ८५ जना,वडा नम्बर १० मा रहेको स्वास्थ्य केन्द्रबाट ४८ जना र वडा नम्बर १२ मा रहेको चाँपसल्ली आधारभुत स्वास्थ्य केन्द्रबाट १२ जनाले पीएनसी घरभेट सेवा पाएका पछन् ।

पीएनसी घरभेट अन्तरगत महिला सुत्केरी भएको समयमा नजीकको स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरु घरमै गएर आवश्यक जाँच गर्नुका साथै परामर्स दिने गर्दछन् । उनीहरुले रत्तचाप जाँच गर्ने, नवजात शिशुको नाभी हेर्ने तथा आमा र शिशु दुवैलाई अन्य केहि खतरा छ की भनी जाँच गर्ने गर्दछन् । शल्यक्रियाको गरेर बच्चा जन्माएका महिलाको घाउ सफा गरीदिनुका साथै घरमै पुगेर टाँका काटिदिन्छन् ।

समग्रमा आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जाँच गरी आवश्यक सरसल्लाह दिने गरेका छन् । गत वैशाखमा सुत्केरी भएकी गोदावरी ८ की चन्द्रा रोका मगरले उत्त कार्यक्रम आफुलाई राम्रो लागेको बताईन् । ‘सुत्केरी अवस्थामा हुँदा दुई पटक स्याउले स्वास्थ्य केन्द्रको मेडमहरु आउनु भो,प्रेसर नाप्नु भो बच्चाको नाभी हेर्नुभो के छ,कस्तो छ सोध्नु भो’ उनले भनिन् ।

पहिलो पटक सुत्केरी भएको चार दिनमा र दोस्रो पटक नौ दिनमा घरमै गएर आमा र शिशुको स्वास्थ्यको जाँच गर्ने गर्दछन् । आर्थीक वर्ष २०७८÷७९ बाट लागु भएको पीएनसी घरभेट कार्यक्रमले सुत्केरी हरुलाई सहज भएको छ ।

शल्यक्रिया गरी बच्चा जन्माएको अवस्थामा टाँका काट्न अस्पताल नै पुग्नुपर्ने वा पैसा तिरेर स्वास्थ्यकर्मी बोलाउनुपर्ने अवस्था हटेको छ भने सामान्य अवस्थामै सुत्केरी भएमा कुनै पनी खतरा हुँदैन भन्दै चेकजाँचमा एकपटक पनी अस्पताल नजाने गरेका सुत्केरीले पनी आवश्यक सेवा पाउन थालेका छन् ।

जस्का कारण सुत्केरी अवस्थामा अकस्मात हुने खतरा पहिचान गर्न पनी सहज हुने हुने गरेको छ । सुत्केरी अवस्थामा आमा र नवजात शिशुको राम्रो स्याहार सुसार गर्नुपर्छ भन्ने आवश्यक जानकारी हुँदाहुँदै पनी पारिवारिक आर्थीक अवस्थाका कारण अझैपनी थुप्रै सुत्केरीहरु जोखीम मोल्न बाध्य रहेको स्याउले आधारभुत स्वास्थ्य केन्द्रकी अनमी निर्मला चौधरीले बताईन् ।

आफुहरु जाँदा सुत्केरी सहित परिवारलाई आवश्यक परामर्स दिएर फर्किने गरेकोे चौधरी उनले बताईन् । पीएनसी घरभेट कार्यक्रमबाट सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्थामा कुनै जोखीम भएमा छिटो पत्ता लगाउन सहज हुने गोदावरी नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् ।